१६ कम्पनीको लाभांश घोषणा

  Sampatti News Online

November 4, 2022

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचीकृत बैंक, बीमा र जलविद्यतु क्षेत्रका विभिन्न १६ कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले आफ्नो मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेका हुन् । लाभांश घोषणा गर्ने कम्पनीहरुमा सात वाणिज्य बैंक, ६ वटा बीमा कम्पनी र तीन हाइड्रोपावर कम्पनी रहेका छन् ।

बैंक अफ काठमाण्डूको सर्वाधिक लाभांश 
हालसम्म लाभांश घोषणा गरेका बैंकहरुमध्ये सबैभन्दा बढी बैंक अफ काठमाण्डूको रहेको छ । यस बैंकले ६ प्रतिशत बोनस र १४.९५ नगदसहित २०.९५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १६.५१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले ३.६६३ प्रतिशत बोनस र ७.६३३७ प्रतिशत नगदगरि ११ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यसका साथै ग्लोबल आईएमई बैंकले ३ प्रतिशत बोनस र १०.६ प्रतिशत नगदसहित १३.६ प्रतिशत, सानिमा बैंकले १० प्रतिशत बोनस र ०.९८ प्रतिशत नगदसहित १०.९८ प्रतिशत, कमारी बैंकको १२.५ प्रतिशत नगद र सिटिजन्स बैंक इन्टरनेसनले ९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन् । 

६ बीमा कम्पनीको लाभांश घोषणा
हालसम्म ६ वटा बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । नेपाल लाइफसहित नेप्सेमा सूचीकृत ६ बीमा कम्पनीहरुले शेयरधनीलाई लाभांश वितरण गर्न लागेका हुन् । जसमा ५ वटा जीवन बीमा कम्पनी रहेका छन् भने एक वटा निर्जिवन बीमा कम्पनी रहेको छ । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यससंगै गुराँस लाइफ इन्स्योरेन्सले ७.८३ प्रतिशत, नेशनल लाइफले १५.७८ प्रतिशत, एशियन लाइफले १५.२६, प्राइम लाइफले १३.६८ प्रतिशत लाभांश दिने भएका छन् । 

हालसम्म लाभांश घोषणा गर्ने निर्जिवन बीमा कम्पनीमा नेपाल इन्स्योरेन्स रहेको छ । यस कम्पनीले आफ्ना शेयरधनीहरुलाई ८ प्रतिशत बोनस र ०.४२११ नगदसहित ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

तीन हाइड्रोपावर कम्पनीको पनि लाभांश घोषणा
तीन जलविद्युत कम्पनीले लाभांशको घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत विभिन्न तीन हाइड्रोपावर कम्पनीहरुले शेयरधनीहरुका लागि गत आर्थिक वर्षको लाभांश दिने घोषणा गरेका हुन् । 

लाभांश प्रस्ताव गर्ने कम्पनीहरुमा रु रु जलविद्युत परियोजना, अरुण काबेली पावर र सानिमा माई हाइड्रोपावर कम्पनी रहेका छन् । रु रु जलविद्युत परियोजनाले यस वर्ष कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

त्यस्तै, अरुण काबेली पावर लिमिटेडले यस वर्ष १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । यस्तै, सानिमा माई हाइड्रोपावर लिमिटेडले ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ ।  

प्रकाशित मिति:November 4, 2022