शेयर बजारमा झिनो अंकको गिरावट

  Sampatti News Online

November 8, 2022

 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो कारोबारको दिन आज मंगलबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से २.५७ अंकले घटेर एक हजार ९ सय ५६ दशमलब ३६ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा एक अर्ब ५ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज कारोबार भएका कम्पनीमध्ये ५८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ११४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र गुँरास लघुवित्त वित्तीय संस्था रहेका छन् । 

नेप्सेका अनुसार कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम सिमेन्टको भएको छ । यसको आज ८ करोड ५७ लाख भन्दा बढीको कारोबार भएको छ ।  

प्रकाशित मिति:November 8, 2022