नेप्से आज बुधबार सामान्य अंकले घटे

  Sampatti News Online

November 23, 2022

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ७.७२ अंकले घटेर एक हजार ९ सय २१ दशमलब ९९ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ७.१३ अंकले घटेर एक हजार ९ सय २९ दशमलब ७० विन्दुमा बन्द भएको थियो ।  

त्यस्तै, आज नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा एक अर्ब २ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ३५ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबारमा आएका कम्पनीहरुमध्ये ५७ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १२४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिभिल बैंकको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २३४.३० रुपैयाँ पुगेको छ । त्यस्तै, घलेम्दी हाइड्रोको शेयरमुल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २०५ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार स्टाण्डर्ड चार्टर्ड बैंक र नबिल ब्यालेन्स फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज १२ करोड ७७ लाख भन्दा बढीको कारोबार भएको छ ।  

प्रकाशित मिति:November 23, 2022