नेपाल स्टक एक्सचेञ्ज झिनो अंकले वृद्धि

  Sampatti News Online

December 4, 2022

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार झिनो अंकको वृद्धि भएको छ । आज नेप्से २.१६ अंकले बढेर एक हजार ९ सय ६३ दशमलब २२ विन्दुमा बन्द भएकोे हो ।          

त्यस्तै, आज नेप्सेमा एक अर्ब ५६ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ९७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ८९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आइतबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३२१.८० रुपैयाँ पुगेको छ ।   

आज सिटिजन्स नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज १९ करोड ८० लाख भन्दा बढीको कारोबार भएको छ ।               

प्रकाशित मिति:December 4, 2022