सुपर मादी हाइड्रोपावरले आईपीओ निष्काशन तथा बिक्री खुला

  Sampatti News Online

December 6, 2022

काठमाडौँ । सुपर मादी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ छ । यसको १५ प्रतिशत अर्थात ३१ करोड ५० लाख रुपैयाँ आयोजना प्रभावितका लागि छुट्याइएको छ । कास्कीको विभिन्न गाउँपालिका तथा नगरका बासिन्दाले शेयर पाउने छन् । यसबाहेक कम्पनीले सर्वसाधारणका लागि २१ लाख कित्ता शेयर जारी गर्नेछ ।

यसको १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा गएकाहरूलाई छुट्याइएको छ ।

कम्पनीको शेयरमा कम्तिमा १० र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइने छ । कम्पनीले ८ अर्ब ३५ करोड अनुमानित लागतमा परियोजना विकास गरिरहेको छ । यसको प्रति मेगावाट लागत १८ करोड ९७ लाख रुपैयाँ छ ।

प्रकाशित मिति:December 6, 2022