नेप्सेमा सामान्य अंकको गिरावट

  Sampatti News Online

December 6, 2022

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार ४.८७ अंकले घटेर एक हजार ९ सय ३३ दशमलब ८८ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा कारबार रकम भने एक अर्ब पनि पुग्न सकेन । 

आज ९६ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ७८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।   

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आइतबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.१७ प्रतिशतले बढेर प्रतिकित्ता ३४८.१० रुपैयाँ पुगेको छ ।   

आज एनएमबि बैंकको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावरशिवम सिमेन्ट कम्पनीको भएको छ । यसको आज ८ करोड १२ लाख भन्दा बढीको कारोबार भएको छ । 

प्रकाशित मिति:December 6, 2022