भेटन आउछु पर्खि………..

  Sampatti News Online

December 25, 2022

भेटन आउछु पर्खि बस है
समय नै यस्तै आयो दुःख नमान है
जिन्दगिले सुख,दुःख सबैको पाठ सिकाउछ
कहिले हसाउछ कहिले रुवाउछ

पर्खिबसेको छु आत्मा देखि मन पराएकि मायालाई
सपना त देखे लागेको छु पुरा गर्नलाई
पर्खि बस मनलाई अन्त कतै नमोड है
समय नै यस्तै आयो दुःख नमान है

बसेको छु तिम्रो मन फर्कन्छ कि आशामा
माया गर्ने मायालु आउछौ कि बाटोमा
केहि त बोल तिमिले बोल्नुपर्छ
समय नै यस्तै आयो दुःख नमान है
जिन्दगिले सुख,दुःख सबैको पाठ सिकाउछ
कहिले हसाउछ कहिले रुवाउछ

नाम:- गोबिन्द राज ओझा

प्रकाशित मिति:December 25, 2022