एक जना सब-इन्जिनियर पक्राउ

  Sampatti News Online

March 19, 2023

काठमाडौँ । पोखरामा एक जना सब-इन्जिनियर पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब-इन्जिनियर प्रविन विकलाई १५ हजार घुस रकमसहित पक्राउ गरेको हो । उनी पोखरा महानगरपालिका-२८ मा कार्यरत छन् ।

उनले बाटो निर्माण गर्दा जग्गा मिल्ने गरी बाटो लगिदिने भन्दै घुस मागेका थिए।

सोही सूचनाको आधारमा आयोगबाट खटिएको टोलीले उनलाई पोखरा–१४स्थित चाउथेबाट शुक्रबार पक्राउ गरेको हो।

प्रकाशित मिति:March 19, 2023