उद्योग बिभागका महानिर्देशक तिवारीले के सम्म गरे

  Sampatti News Online

March 19, 2023

काठमाडौ । गर्न खोज्दा छोटो समयमा धेरै काम सम्पन्न गर्न सकिन्छ भन्ने कुरालाई व्यबहारमा उद्योग बिभागले पुष्टि गराएको छ। बहानाबाजी गर्दै काम नगर्नेहरुका निम्ति उद्योग बिभागका महानिर्देशक रामचन्द्र तिवारी यतिबेला उदाहरण बन्न सफल हुनुभएको छ ।

बर्षौ देखी रोकिएर बसेका बिभागका धेरै कामहरु महानिर्देशक तिवारीले सम्पन्न गराउनुभएको छ। गर्न खोज्दा विभिन्न बाधा ब्यबधान आउछ्न नै तर चुनौतीलाई धर्यता र बिबेकपुर्ण ढंगले सामना गर्ने महानिर्देशक तिवारीको स्वभाव नै यो सफलता भित्रका मुख्य विशेषता भएको छ। आफनो कार्यसम्पादनले कसरी सबैलाई न्याय दिन सकिन्छ ? भन्ने भाबबाट आफुलाइ अगाडि बढाउनुभएका महानिर्देशक तिवारीले आफू जहाँ जहाँ बस्यो त्यहा केही न केही नयाँ पन छोडेर आउनुभएको उहाँका बिगतलाइ हेर्दा बुझ्न सकिन्छ ।

सूचना प्रबिधिको ब्यापकता लाई सेवाग्राही सग जोडेर प्रभाबकारी सेवा दिन सफल उहाँका बिगतका कामका फेरिस्त हेर्दा बुझ्न सकिन्छ ।

उद्योग प्रशासनमा पछिल्लो समयमा महानिर्देशक तिवारीका तहबाट भएका सुधारका कार्यहरु निम्न छन् :-

उद्योग प्रशासनलाई क्रमश पेपरलेश बनाउँदै लैजाने योजना मुताविक सूचना प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याइएको र हाल बैदेशिक लगानी स्वीकृत्ति भिसा सिफारिस लगायतका कार्यहरु पूर्ण रुपमा अनलाइन मार्फत प्रदान गर्न थालिएको देखिन्छ ।

यस प्रणालीमाथि सबै उद्योगलाई छुट्टाछुट्टै लग इन (Log In) दिने र प्रणालीमार्फत नै सञ्चार हुने व्यवस्था मिलाइएको छ । यो प्रणालीलाई भन्सार विभाग कम्पनी रजिष्टार वाणिज्य विभाग, अध्यागमन विभागका प्रणालीहरुसँग अन्तरअवद्दताको कार्य समेत भईरहेको छ ।

उद्योग विभागमा रहेका पुराना आठ हजार फाइलहरु डिजिटाइज्ड गरी अभिलेख व्यवस्थापन गरिएको देखिन्छ ।

त्यसैगरी भिसाको लागि मात्र विदेशी लगानी स्वीकृत्ति गर्ने कार्यलाई निरुत्साहित गर्न कार्य प्रगतिसँग आवद्ध गरिएको पाइन्छ। जसको कारण व्यावसायिक भिसाको दुरुपयोग धेरै हदसम्म नियन्त्रण भएको देखिन्छ।

उद्योगलाई आवश्यक पर्ने बाहेक विदेशिले जग्गाको कारोबारमा लगानी गर्न प्रतिबन्ध भएता पनि सरकारी निकायको ध्यान नपुग्दा विदेशी लगानीका उद्योगहरुले विभिन्न स्थानमा जग्गा खरिद गरेको समेत पाइयो ।

यस्तो कार्यलाई नियन्त्रण गर्न विदेशी लगानीका उद्योगहरुले जग्गा खरिद गर्न आउँदा अनिवार्य रुपमा उद्योग विभागबाट स्वीकृत्ति स्कीम रुजु गरी खरिद गर्न दिन मन्त्रालयमार्फत सबै मालपोत कार्यालयहरुलाई पत्राचार गरिएको देखिन्छ ।


कानुनी अपर्याप्तका कारण लामो समयदेखि सञ्चालन म्याद थप हुन नसकी समस्यामा रहेका उद्योगहरुको म्याद थपको लागि मन्त्रिपरिषद्बारा निर्णय भई कार्यान्वयनमा आएको छ। जसको कारण प्राविधिक त्रुटीका कारण अन्यौलमा रहेका उद्योगहरुले राहत महसुस गरेका छ्न् ।

यस वर्षको बजेट वक्तव्यमा घोषणा भएअनुसार १० करोड सम्मको विदेशी लगानी स्वीकृत्तिलाई सञ्चालित प्रक्रियामार्फत हुने गरी कार्यान्वयनमा ल्याउन नियमावली संशोधनका लागि पेश भएको र प्रणाली विकासको कार्य अन्तिम चरणमा रहेको देखिन्छ ।

गैर आवासीय नेपालीका स सानो लगानीलाई समेत प्रोत्साहन गर्न नेपाल सरकार र गैर आवासीय नेपालीको लागनीमा स्थापना भएको इनभेष्टमेन्ट कम्पनीले गर्न पाउने लगानीका क्षेत्र सहितका शर्तहरु परिमार्जन गरी राजतन्त्रमा सुचना प्रकाशित भएको पाइन्छ । यसले गैर आवासीय नेपालीको स-सानो लगानीलाई एकीकृत गरी पूर्वाधार विकासमा लगानी गर्ने बाटो सहज भएको छ ।

सेवा प्रवाहलाई छिटो छरितो बनाउन विदेशी लगानी स्वीकृत्ति र लगानी फिर्ताको लागि सिफारिस गर्न गठित प्राविधिक समितिका बैठक हप्ताको दुई पटक बस्ने र तुरुन्त स्वीकृत्ति दिन थालिएको छ ।

मदिरा उद्योगको अनुमति तथा क्षमता विस्तारलाई मापदण्डमा आधारित बनाउन मन्त्रालयका सहसचिवको नेतृत्वमा अध्ययन कार्यालय गठन भई काम भईरहेकोले पनि छोटो समयमा महानिर्देशक तिवारीले यतिसम्म महत्त्वपूर्ण काम गर्न सफल भएको देखिन्छ ।

प्रकाशित मिति:March 19, 2023