माओवादी छोडेर जनमतमा प्रवेश गरे कुशवाहा

  Sampatti News Online

March 29, 2023

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेकाे छ ।

कुशवाहालाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले स्वागत गरेका छन् । माओवादी केन्द्रभित्र भएको अन्तरघातको कारणले आफूले थोरै मतले गत निर्वाचन हारेको उनले बताए ।

उनले अहिलेको उपनिर्वाचनमा माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार नउठाएर उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेपछि पार्टी परित्याग गर्न बाध्य भएको उनले बताए ।

जनमत पार्टीका अध्यक्ष राउत मधेशी जनताको मुक्तिका लागि नयाँ विचारसहित उदाएको उनको दाबी छ । सिके राउतको सम्मान स्वरुप उनलाई सप्तरीका जनताले विजयी गराएको उनले बताए ।

जनताले सप्तरीबाट हराएर पठाएका उपेन्द्रलाई बारा–२ बाट हराउनका लागि आफू जनमत पार्टीमा प्रवेश गरेको उनले बताए । माओवादीमा आफूमाथि षड्यन्त्र भएको उनले बताए ।

जनताको भावनाविपरीत आफूलाई निर्वाचनमा सहभागी हुनबाट बञ्चित गराउन खोजेको उनले बताए । आफू स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगेपनि जनताको चाहना र आग्रह अनुसार जनमतमा प्रवेश गरेको उनले बताए ।

प्रकाशित मिति:March 29, 2023