रविका गाडी चालकको अवस्था गम्भीर

  Sampatti News Online

April 17, 2023

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका गाडी चालक तीन तला माथिबाट खसेको अवस्थामा फेला परेका छन् ।

भरतपुरस्थित एक घरको तीन तला माथिबाट खसेको अवस्थामा उनी फेला परेका हुन् ।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा आज (सोमबार) बिहान ४ बजे भाडामा लिएको घरको छतबाट खसेको अवस्थामा भेटिए ।

थापाको टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भईरहेको छ ।

प्रकाशित मिति:April 17, 2023