तुलसीपुरमा सशस्त्रका सहायक हवल्दारले चलाए आफैंमाथि गोली

  Sampatti News Online

April 18, 2023

दाङ । दाङको तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

हिजो बेलुकी करिब ८ः३० बजे डयुटीमा खटिएकै अवस्थामा एसएलआरले चिवुमा गोली हानी आत्महत्या गरेको इप्रका तुसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

गोली लागेर हवल्दार केसीको घटनास्थलमै मृत्यु भएको डीएसपी मल्लले बताए । उनी कारागार सुरक्षा गुल्म तुलसीपुरमा पाँच दिन पहिले मात्रै आएका थिए । यसअघि उनी ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत थिए ।

पारिवारिक विवादका कारण केसीले आफैलाई गोली हानी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी मल्लले बताए । घटनाबारे अनुसन्धान भैइरहेको डीएसपी मल्लले बताए ।

प्रकाशित मिति:April 18, 2023