संसदका दुई सचिवहरुको हेरफेर

  Sampatti News Online

April 18, 2023

संघीय संसद सचिवालयका सचिवहरुको जिम्मेवारी हेरफेर गरिएको छ । प्रशासनिक कर्मचारी सचिवहरुको हिजो सरुवा गरिएको सचिवालय स्रोतले बताएको छ । दुई सचिवमध्ये प्रशासन हेर्नेलाई अनुसन्धान र अनुसन्धान हेर्नेलाई प्रशासनमा लगिएको बुझिएको छ ।

प्रशासन हेर्ने सुदर्शन खड्का र अनुसन्धान हेर्ने डा.रोजनाथ पाण्डेको जिम्मेवारी हेरफेर गरिएको हो । पाण्डे गत पुसमा सचिवमा बढुवा भएका हुन । संसद सचिवालयका सचिव ध्रुव घिमिरेले राजीनामा दिएपछि एउटा सचिवको पद रिक्त थियो । लामो समय प्रवक्ताको भूमिकामा रहेका डा. पाण्डेलाई सचिवमा बढुवा भएसँगै अनुसन्धान विभाग सम्हाल्दै आएका पाण्डेलाई प्रशासन फाँटतिर लगिएको हो ।

प्रकाशित मिति:April 18, 2023