नेपाली सेनामा चार हजार पाँच सयको जागिर खुल्यो (विज्ञापनसहित)

  Sampatti News Online

April 21, 2023

काठमाडौँ । नेपाली सेनाले आज (शुक्रबार) सूचना प्रकाशित गर्दै नेपाली सेनाले चार हजार ५०० जना सैन्य पदका लागि दरखास्त आह्वान गरेको हो ।

जसअन्तर्गत खुलातर्फ २ हजार ३५१ संख्या छ। यस्तै सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेशी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० संख्या छुट्याइएको छ।

यीमध्ये सबैभन्दा धेरै काठमाडौँ, सुर्खेत, कास्की र बुटवलमा मा ३५०–३५० माग गरिएको छ। यस्तैगरी सुनसरीमा ३०० र बाँकेमा २५० जना माग गरिएको छ।

इच्छुकले अनलाइन मार्फत फारम भर्न सक्ने छनोट निर्देशनालय, कार्य रथी विभाग जङ्गी अड्डाले जनाएको छ ।

१८ वर्ष पूरा भई २२ वर्ष ननाघेका नेपाली नागरिकले जेठ ७ गतेसम्म आवेदन दिन सक्ने र दोब्बर दस्तुर तिरेर जेठ १४ गतेसम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ। आठ कक्षा उत्तीर्ण व्यक्तिले पनि आवेदन दिन पाउनेछन्।

प्रकाशित मिति:April 21, 2023