२२७ किलो गाँजासहित दुई जना पक्राउ

  Sampatti News Online

May 4, 2023

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपिएफ)ले २२७ किलो गाँजासहित सुनसरीको धरान उपमहानगरपालिका-१३ शिवधारास्थित कोशी राजमार्गबाट बिहीबार दुई जनालाई पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानले धनकुटाबाट इटहरी जाँदै गरेको प्रदेश १-०२-००१ ख ९४८९ नम्बरको ट्रकलाई चेक गरेको थियो।

उक्त ट्रकमा ८ वटा पोका पारेको २२७ किलो ४०० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धनकुटाका ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक तेह्रथुमका २८ वर्षीय चुडामणि कटुवाल छन्।

उनीहरूबाट ६० हजार नेपाली रुपैयाँ, ४ वटा मोबाइल सेट, बाटोको इजाजत पत्र र सवारी दर्ता प्रमाणपत्र समेत बरामद भएको छ। नियन्त्रणमा लिइएका उनीहरूलाई ट्रक, गाँजा र बरामद सामग्रीसहित आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ।

प्रकाशित मिति:May 4, 2023