राष्ट्रिय सभाको सचिवमा अर्याल र प्रतिनिधि सभाको सचिवमा पाण्डेय नियुक्त 

  Sampatti News Online

May 4, 2023

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा पद्म प्रसाद पाण्डेय र राष्ट्रियसभा सचिवमा डा. सुरेन्द्र अर्याल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख देवराज घिमिरेको सिफारिसमा पाण्डेयलाई र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाकाे सिफारिसमा अर्याललाई सचिवमा नियुक्त गरेका हुन् ।

प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँलको पाँच वर्षे कार्यकाल वैशाख १५ मा सकिएको थियो ।

प्रकाशित मिति:May 4, 2023