संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना, क्याप्टेनसहित २ जनाको अवस्था गम्भीर

  Sampatti News Online

May 5, 2023

काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । माथिल्लो अरुण जलविद्युत् परियोजनाको सामग्री ढुवानी गरेर गएको हेलिकोप्टर दुर्घटनामा परेको हो ।

सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभामा दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ ।

हेलिकप्टरमै रहेका अर्का एक जना भने सकुशल रहेको बताइएको छ। हेलिकोप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटनामा भएको बताइएको छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् ।

प्रकाशित मिति:May 5, 2023