घुससहित नेपाल प्रहरीका लेखापाल पक्राउ  

  Sampatti News Online

May 5, 2023

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एक एकाउन्टेन्ट (लेखापाल) विनोद विष्ट घुस रकमसहित पक्राउ परेकाे छ । नेपाल प्रहरी विद्यालय बेलचौतारा तनहुँका तत्कालीन लेखापालसमेत रहेका विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले शुक्रवार घूससहित काठमाडौँको बानेश्वरबाट पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक बिस्टलाई एक लाख ५० हजारको चेक र ५० हजार नगदसहित नयाँ बानेश्वरको एक होटेलबाट नियन्त्रणमा लिएको हो । 

प्रहरी स्रोतका अनुसार विष्टले घरायसी काम परेको भन्दै बुधबारबाट आइतबारसम्मको लागी बिदा लिएका छन् । 

विशेष सूचनाको आधारमा आयोगको टोलीले महोत्तरीबाट रकम बुझ्न काठमाडौँ आएका विष्टलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार जनाएको छ ।

प्रकाशित मिति:May 5, 2023