नक्कली लालपुर्जा वितरण आरोपमा चार जना पक्राउ

  Sampatti News Online

May 8, 2023

झापा — नक्कली लालपुर्जा दिएर सर्वसाधारणलाई ठग्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका ६ पूर्वप्रगति टोल (मेची डाँडा) को ऐलानी जग्गामा बसोबास गर्ने करिब  एक सय जना सर्वसाधारणसँग रकम असुलेर नक्कली पुर्जा बाँड्ने मुख्य योजनाकारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीका अनुसार नक्कली लालपुर्जा वितरण गर्नेमा मुख्य योजनाकार शिवसताक्षी नगरपालिका– ५ का डिल्लीराम मैनालीसहित मेचीनगर–६ का ७५ वर्षीय भुपध्वज दाहाल, ७३ वर्षीय ज्ञानबहादुर गिरी र ५४ वर्षीय टंक खड्कालाई प्रहरीले हिरासतमा लिएको छ । सो घटनामा सलंग्न एक जना भने फरार रहेका छन् ।

प्रहरीका अनुसार नक्कली लालपुर्जा वितरण गर्ने क्रममा पक्राउ परेकाहरूले एक परिवारसँग ९० हजार रुपैयाँसम्म असुल गरेको खुल्न आएको छ । यसरी वितरण गरेको नक्कली लालपुर्जामा सम्बन्धित जग्गाधनीको फोटो टाँस गर्नुका साथै किर्ते सहीछापसमेत गरिएको भेटिएको थियो ।

प्रकाशित मिति:May 8, 2023