आजदेखि अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर

  Sampatti News Online

May 8, 2023

काठमाडौँ । आजदेखि काठमाडौं महानगरपालिका भित्रका क्षेत्रका अव्यवस्थित तार काट्ने कार्यको सुरु हुँदैछ ।

प्राधिकरणले सडकका पोलहरुमा अव्यवस्थित गुजुल्टो परेको, झुण्डिएको, लत्रिएको तारहरुले शहरको सौन्दर्यता बिगारेको तथा दुर्घटनाको जोखिम बढाएकाले अव्यवस्थित तारहरुको व्यवस्थापन गर्न लागेको हो।

आइतबार बसेको काठमाडौं महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजबाट सुरु गर्न लागिएको हो ।

जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गरिने छ । गत बर्षमात्रै अव्यवस्थित तारका कारण ५३ ठाउँमा आगलागी भएको थियो ।

प्रकाशित मिति:May 8, 2023