माधव नारायण नगर प्रमुख यादवद्वारा स्वास्थ प्रयोगशाला उद्घघातन

  Sampatti News Online

May 8, 2023

रौतहट २५ बैशाख। रौतहटको पर्विभेग माधव नारायण नगरपालिकाका मेयर बैजनाथ यादवले आईतवार स्वास्थ प्रयोगशालाको उदघाटन गरेका छन। मेयर यादवले माधव नारायण ६ स्थित जनस्वास्थ कार्यालय मातहतमा रहेको प्रयोगशालाको बिधिवत रूपमा उदघाटन गरेका हुन्। उक्त अवसरमा उनले  उपचार गराउन आउने जो कोही विरामीको सही रोग पता लगाउन प्रयोगशालाको महत्वपूणर् भुमिका रहेको बताएका थिए। प्रयोगशला सञ्चालन पछी विगतको जस्ताे अनुमान र लक्षणको भरमा औषधी उपचारको अन्तय भएको मेयर यादवले जिकिर गरेका थिए।

उदघाटन समारोहमा नगर उपप्रमुख निर्माला देवी रमण, प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादव, वार्ड नं. ६ को वडा अध्यक्ष रामनेरश राय, ४का अध्यक्ष रामदेनी मुखिया,  ९ रामकिशोर साह, स्वास्थ्य शाखा प्रमुख श्यामजी राय, प्रशासन शाखा प्रमुख पृथ्वी यादव, लगायतको सहभागीता रहेको  स्वास्थ्यकर्मी नेकमहम्द हुसैनले मधेश दृष्टी लाई जानकारी दिएका छन।

प्रकाशित मिति:May 8, 2023