अख्तियार प्रमुखको नाम लिन एआइजी ज्ञवालिको इन्द्रजीत लाई दबाब

  Sampatti News Online

May 9, 2023

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई राति अर्को कार्यालयमा सारेर प्रहरीले मानसिक यातना दिदै अख्तियार प्रमुख प्रेमकुमार राई को नाम लिन चर्को दबाब दिएको जानकारीमा आएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका राईलाई राति काठमाडौं उपत्यका प्रहरी कार्यालय लगेर मानसिक यातना दिदै अख्तियार प्रमुखको नाम लिए हिरासतमा राम्रो व्यबहार हुने भन्दै पटकपटक दबाब दिने गरेको स्रोतले बतायो । १९ गते पक्राउ परेका राईमाथि अनुसन्धानको लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालत लैजाँदा उनले न्यायाधीशसमक्ष आफूलाई टर्चर दिइएको बताएका छन् । उनले प्रहरीले आफूलाई अख्तियार प्रमुख प्रेम राईविरुद्ध बोल्न भन्दै भनेको बताएका छन् ।

उनलाई पक्राउ गरेको भोलिपल्ट राति एआईजी श्यामलाल ज्ञवालीको निर्देशनमा उपत्यका प्रहरी कार्यालय लगिएको प्रहरी स्रोतले बतायो ।

जिल्ला प्रहरी कार्यालयका एक अनुसन्धान अधिकारी भन्छन्, ‘आवश्यक अनुसन्धानका लागि भनेर लगिएको थियो । के कति कारण भन्ने चाहिँ थाहा भएन ।’

इजलास नम्बर २७ मा २४ गते म्याद थपको क्रममा न्यायाधीशले हिरासतमा कस्तो छ ? भनी सोध्दा उनले जवाफ दिए, ‘दिउँसो राम्रो छ । राम्रो गरी नै राखिएको छ । तर राति राती आएर शरणार्थी प्रकरणमा अख्तियार प्रमुख राईको नाम लिनू भनेर जबरजस्ती दबाब दिइन्छ । निरन्तर धम्की दिइरहेको छ ।’

एआईजी ज्ञवाली सहितकाे संंगठित टिमले प्रमुख राईमाथी किन प्रतिशोध राखे

श्यामलाल एआईजीमा बढुवा भएकै दिन अख्तियारले उनको नागरिकता छानबिनका लागि गृहमा लेखी पठाएको थियो । नागरिकताको जन्म मिति फरक पारेर जागिर खाएको दाबीसहित ज्ञवालीविरुद्ध बढुवा हुनुअघि अख्तियारमा उजुरी परेको थियो । त्यहीँ प्रतिशोध लिनका निम्ति र कतिपयले धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने मनसायले यो प्रसङ्गमा जवरस्त प्रमुख आयुक्त राइलाइ जोडन लागेको देखिन्छ जबकि उनको यो प्रकरणमा कुनै दोष देखिदैन नदेखिएपछी कसै न कसैको मुख बाट जवरजस्त बोल्न लगाउने योजनामा कतिपय ब्यक्तिहरु संगठित रुपमै लागिपरेको एआइजि ज्ञवालिको तहबाट हुने गरेको दबाबले नै पुष्टि गरेको छ।

समाचार श्रोतका अनुसार प्रारम्भिक छानबिनपछि वैशाख १४ गतेको निर्णयअनुसार पछि थप प्रमाण फेला परेमा कानूनबमोजिम हुने गरी हाललाई तामेलीमा राख्ने निर्णय गरेको प्रहरी मुख्यालयमा जानकारी गराएको छ ।
अदालत स्रोतका अनुसार म्याद थपसम्बन्धी आदेशको क्रममा न्यायाधीशले ‘टर्चर’ भनी लेखिदिएका छन् ।
‘न्यायाधीशले यस्तो संकेत गर्नु गम्भीर मानिन्छ’, स्रोतले भन्यो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले अदालतमा कोही अभियुक्तले दिएको बयानको वास्ता गर्ने कुरा नभएको बताए ।

‘अहिले अनुसन्धान भइरहेको छ । अनुसन्धानको क्रममा कहाँ कहाँ लग्यो भन्ने मलाई थाहा हुँदैन । अदालतमा बोल्ने कुरा पनि वास्ता गर्ने कुरा भएन । बाँकी कुरा अनुसन्धान भइरहेकाले बोल्न मिल्दैन ।’यो प्रकरणमा जुनसुकै कोणबाट अनुसन्धान गरेपनि अख्तियार प्रमुख राइ नजोडिने भएपछि अख्तियार द्वारा चलिरहेका मुद्दाका मुख्य दोषीहरूको संगठित दैडधुप अझै घटेको छैन । निर्दोष नफसुन दोषी नउम्किउन भन्ने मान्यता बोक्ने नेपाल प्रहरी संगठनका एक उच्च तहबाट यसरी दबाब दिएर निर्दोष ब्यक्तिलाई बिबादास्पद बनाउन खोज्नुलाई सुशासन चाहानेहरुले गम्भीर रुपमा लिएका छ्न।

प्रकाशित मिति:May 9, 2023