सुपारी काण्डमा जोडिएका भट्टराईलाई गृह सचिबको जिम्मेवारी

  Sampatti News Online

May 10, 2023

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई नयाँ गृहसचिवको जिम्मेवारी दिएको छ । जसरी भुटानी शरणार्थी प्रकरणमा छानबिन भयो त्यही हिसाबले बाणिज्य बिभागमा छानबिन भयो भने सुपारी तस्करीमा जोडिएको पुष्टि हुने भट्टराईलाई नयाँ जिम्मेवारी दिएपछि सुपारी काण्डका जानकारहरु चकित भएका छ्न्। हाल गृहसचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ ।

गृहसचिव टेकनारायण पाण्डे असोज २ मा गृहसचिवबाट सरुवा भएर उपराष्ट्रपति कार्यालय गएपछि उनको ठाउँमा सिंह गृहमा आएका थिए ।

नयाँ गृह सचिब भट्टराई उनले गृह मन्त्रालय, पर्यटन मन्त्रालय, राष्ट्रिय योजना आयोग, उद्योग तथा आपूर्ति मन्त्रालयलगायतका अन्य निकायमा बसेर लामो समयसम्म काम गरेको बायोडाटा भएपनी धेरै ठाउँमा बिबादास्पद काम गरेको चर्चा छ। निर्वाचन ताका मदिरा उद्योगलाई रातारात लाइसेन्स दिन उनले धेरै व्यावसायी दौडाएर सुभलाभ गरेकाे समाचार श्रोतले बताएको छ। बिगतमा तस्करहरु संगकाे उठबसमा परिचालन हुने भट्टराई औद्योगिक व्यापारमा बढी दख्खल मानिए पनि अब त्यो नेटवर्क गृह सचिब संगको समिप्यता मा फस्टाउने सोचले तस्करहरु दङ्ग देखिएको बताइन्छ ।

सचिब सिह पनि भुटानी र राष्ट्रिय परिचयपत्र काण्डमा जोडिएको तथ्य समेत आउन थालेपछि सरुवामा परेको बुझिन्छ ।कतिपय गृह अनुभव बटुलेका स्वच्छ छबिका सचिब हुदाहुदै पनि गृहको कम अनुभवी र बिबादास्पद छबिका भट्टराई लाई सचिबमा भित्र्याएपछी उपप्रधानमन्त्री मन्त्री नारायणकाजी श्रेष्ठको गन्तव्य के हो धेरैलाई बुझ्न गाह्रो भएको छ।

राम्रो काम गर्दै अगाडि बढेका इमान्दार छबिका गृहमन्त्री श्रेष्ठले सचिब भट्टराईको अतित बुझ्न नभ्याएको कारण नै यस्तो भएको त होइन प्रश्न गर्नेहरूको संख्या बढेको छ। काम गरेर चर्चा बटुलेका मन्त्रीलाई नयाँ सचिबले कुन रुपले साथ दिन्छन् त्यो भने हेर्न बाकि छ।

प्रकाशित मिति:May 10, 2023