भ्रष्टाचार आरोपमा सिँचाइ डिभिजनका तत्कालीन प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा दायर

  Sampatti News Online

May 10, 2023

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बुटवलका तत्कालीन डिभिजन प्रमुख इच्छाकुमार श्रेष्ठसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गैरकानूनी लाभ तथा हानी एवं सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपमा भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख इच्छा कुमार श्रेष्ठसहित ५ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँ मुद्दा दायर गरिएको हो ।

काम नै नभए नगरेको झुट्टा विल भरपाई बनाएर योजनाको भुक्तानी दिएको अख्तियारको ठहर छ । निर्माण नै नभएका आउटलेटका संरचनाहरूको मूल्यांकन गरी ३ लाख ५ हजार ८१० रुपैयाँ बढी भुक्तानी दिएको भन्दै अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सोही योजनामा संलग्न इन्जिनियर सन्तोष कुमार दास, लेखापाल नेत्र प्रसाद मरासिनी, भोलेबाबा कन्स्ट्रक्सन र सो का प्रोप्राइटर (ठेकेदार) सुक बहादुर गुरुङ र भोलेबाबा कन्स्ट्रक्सनको तर्फबाट अख्तियारी प्राप्त प्रकाश भट्टराईविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रकाशित मिति:May 10, 2023