नक्कली शरणार्थी प्रकरण : आरजु र मञ्जु संलग्नताको प्रमाण जुटाउँदै प्रहरी

  Sampatti News Online

May 10, 2023

काठमाडौँ ।  नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा कर्मचारीका अलावा सबैभन्दा बढ्ता राजनीतिकर्मी जोडिएका छन् । कांग्रेस, एमाले र माओवादी नेताहरूको संलग्नता देखिएको छ । १३ चैत २०७९ मा एक आरोपी पक्राउ परेपछि खुल्न थालेको रहस्यका पर्दा शीर्ष नेतासम्म तानिएको छ । मानव तस्करीको योजना बनाउने रणनीतिकार केशव दुलाल, सानु भण्डारी पक्राउ परेपछि शीर्ष नेताहरूको नाम पोलिन थालेको हो ।

त्यसतै नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘नाम जोडिएका’ काँग्रेस नेतृ आरजु राणा र पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण पत्नी मञ्जु खाँणको संलग्नताबारे प्रहरीले अनुसन्धान थालेको छ ।

सार्वजनिक भएको अडियो प्रकरणलाई नजिकबाट अनुसन्धान थालिएको छ भने त्यसमा नाम लिइएका दुई सांसद आरजु र मञ्जुको संलग्नताबारे प्रमाण जुटाउने प्रहरीले प्रयास गरिएको छ । आरजु र मञ्जु पनि दोषी देखिए पक्राउ पर्ने सम्भावना प्रबल छ ।

प्रकाशित मिति:May 10, 2023