आर्थिक हिनामिना गर्नेहरूलाई कारबाही गर्न आवश्यक : महालेखापरीक्षक शर्मा

  Sampatti News Online

May 21, 2023

काठमाडौँ । महालेखापरीक्षक टङ्कमणि शर्मा दंगालले बेरुजु लेखापरीक्षकले निकाल्ने काम हो भन्ने रूपमा मात्रै लिन लागिएको बताएका छन् ।

आइतबार बसेको लेखा समितिको बैठकमा बोल्दै महालेखापरीक्षक शर्माले यस्तो बताएका हुन् । पछिल्लो समय कुनैपनि निकायले बेरुजु फर्स्यौट गर्नुपर्छ भन्ने भन्दा पनि लेखापरीक्षकको काम भएको भन्ने रूपमा लिन लागिएको भन्दै गुनासो गरेको हुन् ।

उनले लेखापरीक्षकको कार्यालयले देखाएको बेरुजुका विषयमा आगामी दिनमा बेरुजु हुन नदिने भन्दा पनि बेरुजु फस्र्यौटको विषयलाई प्राथमिकतामा लिन छोडिएको बताए । उनले बेरुजु फस्र्यौटको वैज्ञानिक उपाय एक वर्षमा उठेको बेरुजु त्यही वर्षमा खर्च गर्नु रहेको उनले बताए ।

उनले एकै वर्षमा फर्स्यौट नभए पनि अर्को वर्ष लेखापरीक्षण गर्दा खर्च भएको हुनुपर्ने बताएका छन् । महालेखापरीक्षक शर्माले जनप्रतिनिधिहरूलाई बद्नाम गर्ने गरी बेरुजु देखाउन लेखापरीक्षकहरुलाई नैतिक, वैधानिक र व्यवहारिक रूपमा पनि नदिने बताए । उनले लेखापरीक्षकहरुले अहिलेसम्म त्यस्तो काम नगरेको भन्दै उनले जिम्मेवार व्यक्तिले मेरो लेखापरीक्षकले यस्तो गर्‍यो भनेर राजनीतिक तहले बढवा दिने भन्दा पनि त्यस्तो कामको निषेध गर्न आवश्यक रहेको बताए।

उनले सार्वजनिक संस्थानहरूमा राजनीतिक नियुक्तहरू गर्दा विगतको कार्यसम्पादन हेरेर गर्न आवश्यक रहेको बताए । उनले राजनीतिक नियुक्तहरूमा तुलना गरेर बेरुजु बढी राख्ने र आर्थिक हिनामिना गर्नेहरूलाई कारबाही गर्न आवश्यक रहेको पनि बताए।

प्रकाशित मिति:May 21, 2023