बैंकिङ कसुर मुद्दामा फरार दुईजना पक्राउ

  Sampatti News

July 7, 2020

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा फरार रहेका काठमाडौं महानगरपालिका १६ नयाँबजारका ५५ वर्षीय राजमान सुनार र तारकेश्वर नगरपालिका १५ का ४१ वर्षीय विश्वमर्दन बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले धर्मस्थलीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका सुनारलाई उच्च अदालत पाटनको २०७६ फागुन २१ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १४ लाख ६९ हजार ६ सय ४० रुपैयाँ धरौटी र ५ दिन कैद तथा बस्नेतलाई उच्च अदालत पाटनको २०७६ फागुन १८ गतेको फैसलाले १३ लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भएको थियो ।

उनीहरुले आफ्नो खातामा रकम मौज्दात नभएको थाहा हुँदा पनि झुक्याएर रकम भुक्तानको लागि विभिन्न व्यक्तिलाई चेक काटेर दिएका थिए । उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति:July 7, 2020