साउन १ गतेदेखि सूर्तीजन्य पदार्थको बिक्री तथा सेवन निषेध गर्दै कनकाई नगरपालिका

  Sampatti News Online

June 9, 2023

झापा । झापाको कनकाई नगरपालिकाले नगर क्षेत्रभित्र गुट्खा, खैनी र चुरोटलगायत सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा सेवनकार्यलाई निषेध गर्ने भएको छ ।

नगरपालिकाले उक्त नियम आगामी साउन १ गतेदेखि लागू गर्ने जनाएको छ ।

गत जेष्ठ १७ गते सम्पन्न बसेको २५ औँ कार्यपालिका बैठकको निर्णय कार्यान्वयन गर्दै कनकाई नगरपालिकाले यही श्रावण १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गर्ने जनाएको हो ।

नगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा कडाइ गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।

चुरोट, गुट्खा, खैनीलगायतका सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरलगायतका रोग लाग्नुका साथै फोहोरसमेत हुने भएकाले नगरपालिका कठोर रुपमा उत्रिएको नगरप्रमुख राजेन्द्र पोखरेलले जनाएका छन् ।

प्रकाशित मिति:June 9, 2023