‘बगान’ फिल्म जरिवानामा पर्दा थप प्रचारमा सहजता

  Sampatti News

July 19, 2023

काठमाडौँ । नायिका करिश्मा मानन्धरले काठमाडौँ महानगरपालिकाले आफ्नो नयाँ फिल्म ‘बगान’ लाई कारबाही गर्दा फाइदा पुगेको बताएकी छिन् । महानगरले फिल्म ‘बगान’ लाई ५० हजारको जरिवाना गरेर बालेनले ५ लाखको विज्ञापन गरिदिएको मानन्धरले बताएकी हुन्।फिल्मको विशेष शोको तस्वीर सेयर गर्दै उनले लेखेकी छन्, ‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर पाँच लाखको विज्ञापन गरिदियो। कसले भन्छ, बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्न भनेर ? जय बगान, जय बालेन।’

काठमाडौँका भित्ताहरूमा चलचित्रको पोस्टर टाँसेर फोहोर गरेको भन्दै महानगरले ‘बगान’ लाई ५० हजार रुपैयाँ जरिवाना तिराएको थियो।

प्रकाशित मिति:July 19, 2023