रजनीकान्तको ‘जेलर’ रिलिजको दिन कर्मचारीलाई बिदा दिइने

  Sampatti News

August 7, 2023

काठमाडौँ । रजनीकान्त ‘जेलर’को ग्राण्ड रिलिज तयारीमा छन् । दक्षिण भारतीय सुपरस्टारको फिल्म शुक्रबार प्रदर्शनको तयारीमा छ । करिब दुई वर्षपछि रजनीकान्त ठूलो पर्दामा फर्कन लागेका हुन् । फ्यान उनको ताजा अवतारलाई पर्दामा हेर्न उत्सुक छन् । दक्षिण भारतमा रजनीकान्तलाई पछ्याउने फ्यानको क्रेज यतिसम्म छ कि उनको गृहनगर चेन्नईका साथै बैंग्लोरलगायतका सहरका कार्यालयले ‘जेलर’ रिलिजको दिन शुक्रबार कर्मचारीलाई बिदा दिने घोषणा नै गरेका छन् । साथै, कार्यालय व्यवस्थापनले फिल्मको पाइरेसीलाई रोक्न कर्मचारीलाई निःशुल्क टिकट समेत उपलब्ध गराउने भएको छ । अन्य केही कार्यालयले पनि ‘जेलर’ रिलिजको दिनमा बिदा दिएर ‘जेलर मेनिया’लाई प्रस्तुत गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

‘जेलर’का निर्माताले फ्यानलाई फिल्मबारे छिनछिनमा अपडेट दिंदै सामाजिक सञ्जालमा प्रचारलाई तीव्र बनाएका छन् ।

प्रकाशित मिति:August 7, 2023