कृषि मन्त्री भुसाल र दक्षिण कोरियाली राजदुत तइयोङबीच कृषि क्षेत्रको बिकास बारे छलफल

  Sampatti News

August 17, 2023

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क तइयोङका बीचमा शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरवार स्थित कृषि मन्त्रालयमा भएको भेटघाटकाक्रममा दुई देशबीचको सम्बन्धन एवं सहयोग अदानप्रदान बारेमा छलफल भएको छ । भेटमा दुई देश बिच १९७४ साल देखी कुट्नैतिक सम्बन्ध रहदै आएको र अहिले पनि त्यो सम्बन्ध सुमधुर रहेको मन्त्री भुसालले बताए ।

कोरिया नेपालको घनिष्ट मित्र र भरपर्दो साझेदार रहेको बताउँदै मन्त्री भुसालले कोरियाले नेपालको आर्थिक–सामाजिक विकाशमा महत्वपुर्ण सहयोग गरेको बताए । ‘कोरियाले पहिलेका दिनहरूमा पनि नेपाललाई सहयोग गर्दै आएको छ । हामीबीच रहेको सम्बन्धन अझै बलियो बनाउँदै अगाडी बढनुपर्छ ।‘
अहिलेसम्म कोरियाले गरेको सहयोगका लागि हामी धन्यावाद व्यक्त गर्न चाहन्छौं’ मन्त्री भुसालले भेटका क्रममा भने ।

राजदुत तइयोङले कोरिया निक्कै गरिबिबाट अगाडी बढेको मुलुक भएको र त्यो बेला नेपालले कोरियालाई गरको सहयोग स्मरण गरे । ‘कोरिया निक्कै गरिविबाट अगाडी बढेको मुलुक हो । हामिलाई त्यो बेलामा नेपालले सहयोग गरेको थियो र अहिले हामी दिन सक्ने अवस्थामा छौ, नेपालले मागेको सहयोग गर्न सक्ने अवस्थामा छौ । नेपालको आर्थिक बिकासका लागि हामी सहयोग गर्न चाहन्छौं’ राजदुत तइयोङले भने ।

अहिले नेपाली कामदार कोरियामा ११ हजार भन्दा बढी कृषि पेशामा रहेको बताउँदै उनले अहिले जति श्रमिक कृषि पेशामा छन् १० वर्षपछि नेपालमा आएर कृषि पेसामा लाग्ने विश्वास व्यक्त गरे ।

‘हाम्रो मुलुकमा काम गरेर फर्किने श्रमिकले पैसा र सिप दुबै आर्जन गर्ने छन् र त्यो आफ्नो दक्षता नेपालको कृषि उत्पादनमा लगाउँने छन्’ राजदुत तइयोङले भने ।

आगामी नोभेम्बर सम्ममा कोरियाका कृषि मन्त्री नेपाल भ्रमण गर्ने बारेमा समेत मन्त्री भुसाल र राजदुत तइयोङका बीचमा छलफल भयो । सोही क्रममा मन्त्री भुसालले दुई देशबिचमा एउटा (एमओयू) तयार गरी अगाडी बढाउने प्रस्ताव समेत राखेका छन् ।

जवाफमा राजदुत तइयोङले कोरिया कृषिबाट नै अगाडी बढेकाले देश विकाशमा कृषि क्षेत्रको ठुलो भुमिका रहेको बताउँदै कोरियाले नेपाललाई सहयोग गर्न चाहेको बताए । साथै कोरियाली मन्त्री नेपाल भ्रमण गर्नु भन्दा पहिले (एमओयू) तयार गर्ने र भ्रमणको बेला हस्ताक्षर हुने गरी अगाडी बढ्ने उनले बताए ।

प्रकाशित मिति:August 17, 2023