कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ

  Sampatti News

August 24, 2023

धनगढी । कञ्चनपुरमा लागुऔषधसहित तीन जना युवक पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका र भीमदत्त नगरपालिकाबाट प्रहरीले बुधबार लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० प्रकाश डाँगीले बेलौरी नगरपालिका–६ बाट कैलाली गौरीगंगाका २४ वर्षीय दीपक साउँद र धनगढी उपमहानगरपालिका –७ देवहरिया बस्ने २३ वर्षीय रेशम रानालाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार उनीहरुको साथबाट ३ दशमलव ३० ग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले विशेष सुचनाका आधारमा मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएको थिए ।

यस्तै, भीमदत्त नगरपालिका– १० को पशुपति टोलबाट १ दशमलव ८३ ग्राम लागुऔषध खैरो हेरोइनसहित अर्का युवकलाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ६ बस्ने २३ वर्षीय प्रकाश नेपाली रहेका छन् ।

उनलाई वडा प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले नियन्त्रणमा लिएको थियो । उनलाई चेकजाँच गर्दा लागुऔषध भेटिएको थियो । लागुऔषधसहित पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:August 24, 2023