२५ वर्षिय युवाले मुक्कामा विश्व किर्तिमान राखे

  Sampatti News

July 26, 2020

काठमाडौँ । स्लोभाकियाका मार्शल आर्टसका २५ वर्षिय पुरुष खेलाडिले एक मिनेटमा ३ सय २२ मुक्का प्रहार गरी गिनिज वल्र्ड रेकर्ड कायम गरेका छन्।

पावेल ट्रुसोभले औपचारिक रुपमा किर्तिमानका लागि प्रयास गर्नु अघि आफुले ६ महिना सम्म क्रसफिट, पावर लिफ्टिंग र इन्टरभल वर्क जस्ता नियमित व्यायाम गरेको बताएका छन्।

६ वर्षको कलिलो उमेर देखि मार्शल आर्ट्समा भाग लिँदै आएका उनले गिनिज नियम अनुसार प्रत्येक मुक्का पाखुरा पूरा तन्काएर बलपूर्वक हान्नुपर्ने पर्ने भएकाले पनि राम्रो तयारी गरिएको बताएका छन्।

प्रकाशित मिति:July 26, 2020