हमास आक्रमण : ११ सय भन्दा बढीको ज्यान गयो

  Sampatti News

October 9, 2023

काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा ११ सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । शनिबार हमासले गरेको आक्रमणपछि इजरायलले जवाफी हमला सुरु गरेपछि हालसम्म दुवैतर्फ गरी यतिका मानिसहरुले ज्यान गुमाएका हुन् ।

इजरायलले यो आक्रमणमा अहिलेसम्म आफ्ना ७०० बढी नागरिकको मृत्यु भएको बताएको छ भने प्यालेस्टाइनीहरूले गाजामा आफ्ना ४१३ भन्दा बढी नागरिकको मृत्यु भएको बताएको बीबीसीले जनाएको छ । दुवैतर्फ गरी मृत्यु हुनेको संख्या ११ सय नाघेको छ ।

आइतबार रातिसमेत प्यालेस्टिनी क्षेत्र गाजाबाट दक्षिणी इजरायलमा रकेट प्रहार भएको बताइएको छ ।

अमेरिकाले यो आक्रमणमा आफ्ना नागरिकको पनि ज्यान गएको बताउँदै हतियार र सैन्य सहयोगको घोषणा गरेको छ । नेपालसहित अन्य धेरै देशले इजरायलमा आफ्ना नागरिकको समेत मृत्यु भएको बताएका छन् । 

प्रकाशित मिति:October 9, 2023