इजरायल–हमास युद्धमा २४ सयभन्दा बढीको ज्यान गयाे

  Sampatti News

October 12, 2023

काठमाडौं । गत शनिबारदेखि जारी इजरायल–हमास युद्ध आज छैठौं दिनसम्म पनि जारी रहेकने छ ।  गत शनिबार बिहान हमासले अप्रत्याशित रूपमा हमला गरेपछि युद्धको अवस्थाको घोषणा गरी इजरायल पनि प्रत्याक्रमणमा उत्रिएपछि दोहोरो युद्ध जारी रहेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुई पक्षबीचको जारी भिडन्तमा अहिलेसम्म  २४ सयभन्दा बढी जनाको मृत्यु भइसकेको छ । हमासको हमलाबाट इजरायलमा १२०० जनाको मृत्यु भएको छ भने गाजा पट्टीमा इजरायली वायुसेनाको गोलाबारीमा १२०० सयभन्दा बढी व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मृत्यु हुनेमा ठूलो संख्यामा महिला र बालबालिका रहेका छन् भने जरायलका प्रधानमन्त्री नेतन्याहुले आफ्नो सेनाले हमासको नामनिशानै  मेटाउने चेतावनी दिएका छन् ।

शनिबारमा युद्धमा परेर १० जना नेपाली नागरिकहरुको पनि ज्यान गएको छ भने एकजना अझै हराइरहेका छन् । 

प्रकाशित मिति:October 12, 2023