मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा डा.विश्वराज जोशी

  Sampatti News

July 30, 2020

मकवानपुर। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा डा.विश्वराज जोशीलाई नियुक्त भएका छन् । वाग्मती प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले जोशीलाई उपकुलपतिमा नियुक्त गरेको हो।

सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानको उपकुलपतिमा डा.जोशीलाई नियुक्त गरेको जानकारी दिए। त्यसैगरी बैठकले वैदेशिक सहयोग प्राप्ति तथा कर छुटका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

उक्त बैठकले बालअधिकार समितिको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गरिएको पनि प्रवक्ता ढुङ्गेलले जानकारी दिए। प्रदेशमा युवा परिषद् नियमावली संशोधनका लागि पनि सिफारिस गरिएको छ।

प्रकाशित मिति:July 30, 2020