पत्रकार सम्मेलनमै भारती बेहोस, अस्पताल लगियो

  Sampatti News Online

October 30, 2023

श्रीमान् चेतन मानन्धरका हत्यारालाई आममाफी दिएको भन्दै आयोजित पत्रकार सम्मेलनमा भारती मानन्धर बेहोस भएर ढलेकी छन् ।

भारतीलाई अस्पताल पुर्‍याइएको छ । पति चेतन मानन्धरका हत्यारा रिगललाई राष्ट्रपतिले आममाफी दिएपछि भारती आन्दोलनरत छिन् ।

नेपालगञ्जका चेतनको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका रिगलले नवौं संविधान दिवसको अवसरमा आममाफी पाएका थिए ।

रिगलको आममाफी विरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । उनले आममाफी विरुद्ध दायर गरेको रिटमा सुनुवाइ भोलि (कात्तिक १४ गते) छ ।

उनले दसैँ सँकिएलगतै अनसन सुरु गरेकी थिइन् ।

प्रकाशित मिति:October 30, 2023