साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ७ अङ्कले बढ्यो

  Sampatti News

July 30, 2020

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक साढे सात अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको आज अन्तिम दिन नेप्से ७ दशमलब ५३ बिन्दुले बढेर १ हजार ४ सय ३९ दशमलब ०६ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ० दशमलब ४६ अङ्कले वृद्धि भई ३ सय दशमलब ९५ पुगेको छ।

कूल १ सय ८९ कम्पनीका ३४ लाख ३० हजार ५ सय ५३ कित्ता शेयर रु १ अर्ब ३२ करोड २ लाख ६६ हजार ६ सय ७८ मूल्यमा खरिद बिक्री भयो। बजार पूँजीकरणका आधारमा आज कूल शेयर बजार रु १८ खर्ब ९४ अर्ब ५२ करोड १७ लाख बराबरको भएको छ।

कारोबार भएका कूल १२ वटै उपसमूहको शेयर आज उकालो लागेको छ। त्यसमा बैंकिङ ५ दशमलब ०३, व्यापार ३ दशमलब ७, होटल १३ दशमलब ८८, विकास बैंक ० दशमलब ९२, जलविद्युत् ७ दशमलब ४२, वित्त ५ दशमलब ९५, निर्जीवन बीमा ५० दशमलब ४६, उत्पादन २७ दशमलब १८, अन्य ४ दशमलब ७, लघुवित्त १५ दशमलब ०२, जीवन बीमा ५५ दशमलब ४९ र सामूहिक लगानी कोष ० दशमलब ०७ अङ्कले बढेको छ।

कारोवारका आधारमा नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको प्रतिकित्ता ५ सय ९९ को दरले रु २२ करोड ९१ लाख ५५ हजार ६३ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो। यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु ८ करोड ९५ लाख ५६ हजार २ सय ३, एनआइसी एशियाको रु ५ करोड ९ लाख ४४ हजार ६ सय ४४, शिखर इन्स्योरेन्सको रु ४ करोड ९७ लाख ८० हजार ६ सय ९९, एनएमबी बैंक रु चार करोड ६१ लाख ५७ हजार ८ सय ७० र एनआइसी एसिया लघुवित्तको रु तीन करोड ५६ लाख ४६ हजार ८ सय १० बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो।

आज सबैभन्दा बढी खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले कमाए। यस्तै चौतारी लघुवित्त ९ दशमलब ४६, पञ्चकन्यामाई हाइड्रोपावर ९ दशमलब ८६, नेशनल हाइड्रोपावर ९ दशमलब ८०, हिमालयन ऊर्जा ९ दशमलब ६८, रैराङ हाइड्रोपावर ९ दशमलब ६८, आँखुखोला जलविद्युत् कम्पनी ९ दशमलब ६२ र युनियन हाइड्रोपावरका शेयरधनीले ९ दशमलब ०९ प्रतिशतले कमाए। तर आज उकालो लागेका अधिकांश जलविद्युत् कम्पनीको शेयर प्रतिकित्ता रु १ सय भन्दा कम मूल्यका छन्।

यसैगरी घोडाघोडी लघुवित्तका शेयरधनीले ९ सय ८५ प्रतिशतले गुमाएका छन्। यस्तै गुराँस लघुवित्त ५ दशमलब २४, प्रोग्रेसिभ फाइनान्स ३ दशमलब ७०, मल्टीप्रपोज फाइनान्स ३ दशमलब ४५, आइएमई जनरल इन्स्योरेन्स २ दशमलब ९३, सपोर्ट माइक्रोफाइनान्स २ दशमलब ८७ र गुडवील फाइनान्सका लगानीकर्ताले १ दशमलब ९५ प्रतिशतले गुमाए।

प्रकाशित मिति:July 30, 2020