प्रमुख प्रशासकीय अधिकृत बन्न महिला कर्मचारीलाई अफर, ३ दिनभित्रमा आवेदन दिन प्रशासनको आग्रह

  Sampatti News

July 30, 2020

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतमा महिलालाई प्राथमिकतामा राखेर इच्छुक महिला कर्मचारीलाई ३ दिन भित्र निवेदन दिन भनेको छ।

स्थानीय तहको प्रशासनिक नेतृत्वमा महिला वर्गकोसमेत सहभागिता गराउन आवश्यक भएको भन्दै मन्त्रालयले संघमा समायोजन भएका नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका शाखा अधिकृत तथा उपसचिव पदमा कार्यरत महिला कर्मचारीलाई प्राथमिकताका आधारमा जान चाहेको स्थानीय तह रहेको जिल्ला छनौट गरी तीन दिन भित्र मन्त्रालयमा आवेदन दिन या इमेल गर्न भनेको हो।

मन्त्रालयले हाल रिक्त रहेका तथा हेरफेर गर्नुपर्ने स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृतहरू व्यवस्थापनको तयारी भइरहेको जनाएको छ ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाउँदै आएको छ । हाल सात सय ५३ वटा स्थानीय तहहरूमा तीन जना मात्रै महिला प्रमुख प्रशासकीय अधिकृत रहेका छन् ।

प्रकाशित मिति:July 30, 2020