ग्वार्को घटनाको कारण सिडिओ मन्त्रालयमा तानिए,इपिएस हाकिम समेत फेरिए

  Sampatti News Online

December 30, 2023

काठमाडौँ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालयले फिर्ता बोलाइएको छ । पण्डितसँगै ईपीएस कोरिया शाखाका निर्देशक(उपसचिव) गुरुदत्त सुवेदी र ललितपुरका एसएसपी सिद्धिबिक्रम शाहको जिम्मेवारी खोसिएको छ ।

रोजगारी अनुमति प्रणाली(ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनलाई लिएर सरकारले ललितपुरका प्रजिअसहित प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाएको हो ।

घटनाका विषयलाई लिएर ललितपुर प्रहरीबाट फिल्डमा खटिएका डीएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत(पीएसओ) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णयसमेत भएको मन्त्रालयले जनाएको छ ।

इपीएस शाखाको कमजोरीका कारण शुरु भएको आन्दोलन चर्किरहेकै ठाउँबाट मन्त्रीको सवारी चलाउनु कमजोरी भएको र प्रहरीले गोली चलाउँदा दुई युवकको ज्यान गएको विषयबारे सामाजिक सञ्जाल तातिरहेको छ । 

प्रकाशित मिति:December 30, 2023