न्याय सेवाका ५ जना सहसचिवहरूको सरुवा (सूचीसहित)

  Sampatti News Online

January 3, 2024

काठमाडौँ । न्याय सेवा आयोगले ५ जना सहसचिवहरूको सरुवा गरेको छ । आज बसेको आयोगको बैठकले सर्वोच्च अदालतका प्रवक्ता एवं मुद्दा महाशाखा प्रमुख भद्रकाली पोखरेल न्याय परिषद्मा सरुवा भएका छन् ।

सर्वोच्चका प्रवक्ता एवं मुद्दा महाशाखा प्रमुख भद्रकाली पोखरेल न्याय परिषद्मा सरुवा भएका छन् । त्यस्तै न्याय परिषद्का सहसचिव मानबहादुर कार्की उच्च अदालत पाटनको रजिष्ट्रारमा र उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेल सर्वोच्च अदालतमा सरुवा भएका छन् ।

फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक वेदप्रसाद उप्रेती सर्वोच्च अदालतमा र सर्वोच्च अदालतमा रहेका सूर्यवंश शर्मा कँडेल फैसला कार्यान्वयन महानिर्देशक बनेका छन् ।

प्रकाशित मिति:January 3, 2024