रवि लामिछानेले संसद‍्मा बोल्न पाउँ भनी दिएको निवेदनबारे छलफल

  Sampatti News Online

May 8, 2024

काठमाडौँ । नेपाली कांग्रेसले रवि लामिछानेले संसद‍्मा बोल्न पाउँ भनी दिएको निवेदनबारे छलफल गरेको छ ।

पार्टीका वर्तमान र पूर्वपदाधिकारीको बुधबार बसेको बैठकमा रविको माग नोटिसमा लिइएको र बोल्न दिने या नदिने भन्ने विषय बिहीबार बस्ने संसदीय दलको बैठकले तय गर्ने पार्टी उपसभापति धनराज गुरुङले बताए ।

यसैगरी सरकारले रवि जोडिएको सहकारी ठगीको छानबिन गर्न संसदीय समिति गठन नगरे बैशाख २८ गते बस्ने संसद्को बजेट अधिवेशन अवरुद्ध गर्ने कांग्रेसको अडान छ ।

‘अबको संसद‍्मा हाम्रो माग हुबहु कायम छ । सरकार जिम्मेवार भएर र आउँछ कि आउँदैन संसदीय छानबिन समिति बनाउँछ कि बनाउँदैन रु गैरजिम्मेवार भएर आयो, संसदीय छानबिन समिति गठनमा सहमत भएन भने अबको संसद् चल्दैन’, उनले भने । सहकारी प्रकरणमा मुछिएका लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले अघिल्लो संघीय संसद अधिवेशनमा अवरोध गरेको थियो ।

यसै गरी बैठकमा गण्डकी सरकार गठनबारे पनि छलफल भएका उनले बताए ।

प्रकाशित मिति:May 8, 2024