खुट्टा दुख्दैन मेरो टाढा टाढाको…………..

  Sampatti News Online

January 7, 2024

खुट्टा दुख्दैन मेरो टाढा टाढाको यात्रा गर्दा पनि 

दिल खुसीले भरिन्छ तिमिलाई देखे पछि 

सधैँ मिलन हुनुपर्छ कहिले छुटिनु हुँदैन

मायाको डोरीले बाँध्नुपर्छ छोड्नु हुँदैन

तिमिलाई सुखी राख्न  यति टाढा बाट आएको छु

मन यो खुसी भएर तिमिलाई भेट्ने आशा गर्छु

आशीर्वाद माग्न जान्छु मनकामना माई सँग

हेरिरहूँ लाग्छ यी नयनले कुरा गर्छन् तिमि सँग  

कसैले रोक्न सक्ने छैन साथ छ सधैँ तिम्रो 

मन सधैँ खुसी हुन्छ तिमि नै हौ मेरो

भेट्न खोजेको छु मैले मेरी प्रिया

जिउनुपर्छ पाएर सधैँ मैले तिम्रो माया

सपनीमा सधैँ देखेको छु भेट हुन्छ आशा गर्छु

मन बाट खुसी भएर तिमि सँग कुरा गर्छु 

प्रकाशित मिति:January 7, 2024