नरेन्द्र मोदीप्रति आपत्तिजनक ट्वीट गर्ने माल्दिभ्सका ३ मन्त्री निलम्बनमा

  Sampatti News Online

January 8, 2024


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आपत्तिजनक प्रतिक्रिया जनाउने माल्दिभ्सका ३ जना मन्त्री निलम्बनमा परेका छन् । निलम्बनमा पर्नेमा माल्सा सरिफ, मारियाम सिउना र अब्दुल्ला मजुद मजिद छन् ।
भारतको लक्ष्यद्वपि टापुमा पुगेर मोदीले पर्यटन प्रवर्द्धनसँग सम्बन्धित भिडियो सार्वजनिक गरेका थिए । माल्दिभ्सको पर्यटन उद्योगलाई चुनौति दिनु पर्ने भन्दै भारतका विभिन्न क्षेत्रका व्यक्तिहरुले पनि मोदीको त्यो भिडियोलाई शेयर गरेका छन् । केहीले माल्दिभ्यसलाई गाली पनि गरेका छन् ।त्यसैमा प्रतिक्रिया दिने क्रममा माल्दिभ्सका ३ जना मन्त्रीले सामाजिक सञ्जाल ट्वीटरमा मोदीलाई ‘इजरायली कठपुतली’ र ‘आतंककारी’ समेत भनेका थिए । तर पछि उनीहरुले आफ्नो सामाजिक सञ्चालबाट मोदी विरुद्धका पोस्ट हटाएका थिए ।
माल्दिभ्सका राष्ट्रपति मोहमद मुइझुले उनीहरुको भनाइ व्यक्तिगत रहेको र त्यसले देश र सरकारको प्रतिनिधित्व नगर्ने बताएका थिए । तर उनले आफू चीन भ्रमणमा जानुअघि तीनै जनालाई निलम्बन गरेका छन् । मुइझु सोमबार चीन पुगेका छन् ।

प्रकाशित मिति:January 8, 2024