मन्त्रीपरिषदबाट सहसचिव शर्मालाई रेडियो नेपालको संचालक समितिमा जिम्मेवारी

  Sampatti News Online

January 9, 2024

काठमाडौँ । रेडियो नेपालको सञ्चालक समिति सदस्यमा अर्थ मन्त्रालयमा कार्यरत सहसचिव पार्वती शर्मा मनोनयन हुनुभएको छ ।

रेडियो प्रसार सेवा विकास समितिको गठन आदेश, २०४१ को दफा २ क को उपदफा २ (घ) बमोजिम सहसचिव शर्मा सञ्चालक समिति सदस्यमा मनोनयन हुनुभएको हो । अर्थ मन्त्रालयले २०८० मङ्सिर २४ गते मन्त्रिस्तरीय निर्णयबाट शर्मालाई सञ्चालक समिति सदस्यमा मनोनयन गरेको थियो । रेडियो नेपाल सञ्चालक समितिको बैठकले सदस्यमा मनोनीत भई आउनु भएकी शर्मालाई समितिका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले खादा लगाएर स्वागत गर्नुभएको थियो । बैठकले यसअघि अर्थ मन्त्रालयबाट सदस्यमा मनोनीत भई आउनुभएका सहसचिव आनन्द काफ्लेलाई उहाँले पुर्‍याउनु भएको योगदानको लागि हार्दिक आभार सहित धन्यवाद व्यक्त गरिएको थियो ।
सहसचिव काफ्ले यस अघि जहाँ जहाँ कार्यरत हुनुहुन्थ्यो त्यहाँ सफल प्रशासकका रूपमा आफुलाइ स्थापित गराउन सफल हुनुभएको छ। रेडियो नेपालको संचालक समितिको बोर्डमा प्राप्त जिम्मेवारीमा सम्पत्ति न्युज परिवार उहाँलाई अपार सफलताको शुभकामना व्यक्त गर्दछ।

रेडियो नेपालको संचालक समिति सदस्य नियुक्त भएपछि नयाँ सदस्य एवं सहसचिव पार्वती शर्मा काफ्ले लाई सूचना तथा प्रबिधि मन्त्रालय का सचिव एवं अध्यक्ष कृष्ण बहादुर राउत बैठकमा स्वागत गर्दै ।
रेडियो नेपालको संचालक समिति सदस्य नियुक्त भएपछि नयाँ सदस्य एवं सहसचिव पार्वती शर्मा काफ्ले लाई सूचना तथा प्रबिधि मन्त्रालय का सचिव एवं अध्यक्ष कृष्ण बहादुर राउत बैठकमा स्वागत गर्दै साथमा कार्यकारी निर्देशक बुद्धि बहादुर केसी मन्त्रालयका सहसचिव अनिल दत्त, सहसचिव आनन्द काफ्ले सहित बोर्डका सदस्यहरु ।

प्रकाशित मिति:January 9, 2024