सहसचिवको सरुवा प्रधानमन्त्रीको टेबुलमा

  Sampatti News

January 9, 2024

काठमाडौ । २७ जना सहसचिवको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर रोकिएको भएपनी आजै सरुवा हुने जनाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवको सरुवा सूची मन्त्रिपरिषद्को कार्यालयमा पठाएको बताइएको छ।

केही दिन अघि नै पठाइएको सूची प्रधानमन्त्री को टेबुलमा रोकिएर बसे पनि आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट निर्णय हुन सक्ने जनाइएको छ तर सामान्यको सूचीमा करेक्सनका लागि प्रधानमन्त्री कार्यालयबाट मुख्यसचिवले पठाएको नामावलीबारे मन्त्रालयमा थप छलफल नभएकोले आज नै निर्णय हुन्छ भन्न सकिने अवस्था भने नभएको सामान्य प्रशासन मन्त्रालय समाचार श्रोत बताउछ। अहिलेको सरुवा सूचीमा प्रशासनिक भन्दा पनि प्राविधिक सहसचिवहरूको संख्या बढी भएको बताइएको छ । जसमा प्रदेश जाने अवधि पुगेका सहसचिवहरू रहेका छन् । यद्यपि सचिवकै लाइनमा पुगिसकेका केही वरिष्ठ सहसचिवहरूलाई भने अहिले पनि सामान्यले सरुवा गरेको छैन । सामान्यकै सेटिङका कारण कतिपय सहसचिवहरू प्रदेशबाट प्रदेशमै घुम्न डुल्न पाएका छन् भने कतिपयलाई प्रदेश देख्नै परेको छैन ।

केही समय अघि सरुवा सूची तयार गर्दा अहिलेसम्म प्रदेश नगएका र प्रदेशबाट संघ फिर्ता आउनु पर्ने सबै मिलाएर चार दर्जन जति पुगे पनि पटकपटकको छलफल र सच्याइ पछि २७ मा सहमति सहित सरुवा गरिएको थियो।गुण र दोष का आधारमा भन्दा पछिल्ला दिन मा सरुवा प्रणाली कस्ले कति फाइदा दिन्छ भन्ने मनासायले काम हुदा सामान्यको सरुवा खल्ती भरुवा नै हाबी छन् । मन्त्री र सचिबको दन्त बजानले खासै फरक पर्न नसकेको जानकार बताउछ्न्।

प्रकाशित मिति:January 9, 2024