८० हजार घुससहित पक्राउ परेका बुढानिलकण्ठका सब-इन्जिनियर र ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  Sampatti News Online

January 9, 2024

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब-इन्जिनियर टिकाराज राई र ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए बापत सेवाग्राहीसँग घुस लिएको आरोपमा काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाका तत्कालीन सब(इन्जिनियर राई र ठेकेदार सुनुवारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।


घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग ८० हजार घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले गत मंसिर १४ गते सब इन्जिनियर राई र ठेकेदार सुनुवारलाई पक्राउ गरेको थियो।

अख्तियारले राईविरुद्ध ८० हजार विगो र जरिवाना र सुनुवारलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा (२२) बमोजिम आधा सजाय हुन मागदावीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो।

प्रकाशित मिति:January 9, 2024