दर्जनौँ कर्मचारी सहसचिव र उपसचिवमा बढुवा, २१९ जनाको सरुवा (सूचीसहित)

  Sampatti News Online

January 10, 2024

काठमाडौँ । न्याय सेवा आयोगले दर्जनौं कर्मचारीलाई सहसचिव र उपसचिवमा बढुवा गरेको छ । भने आयोगले २१९ जना कर्मचारीको सरुवा गरेको छ । मंगलबार बसेको आयोगको बैठकले कानुन, न्याय र सरकारी वकिल समूहका राज राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो ।

आयोगले न्याय समूहका उपसचिव वा सो सरहका पदमा १४ जनाको बढुवा गरेको छ भने कानुन समूहका तीन जना र सरकारी वकिल समूहका ६ जनलाई उपसचिव सरहमा बढुवा गरेको छ ।

उच्च अदालत पोखरा, दिपायल, विराटनगरसँगै जिल्ला अदालतहरू सिन्धुपाल्चोक, महोत्तरी, नुवाकोट लगायत कार्यालयहरूमा न्याय सेवाका कर्मचारी सरुवा गरेको हो ।

कानून, न्याय र सरकारी वकिल समूहका कर्मचारीहरुलाई ज्येष्ठता र कार्य सम्पादन मूल्यांकन तथा कार्यक्षमता मूल्यांकनका आधार बढुवा गरेको हो ।

प्रकाशित मिति:January 10, 2024