सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति चयन

  Sampatti News Online

January 10, 2024

कैलाली । सुदूरपश्चिम प्रदेशसभाका विषयगत चार समितिमा सभापति चयन भएका छन् । निर्वाचन भएको एक वर्षपछि बुधवार विषयगत चार समितिले सभापति पाएका हुन् । चारवटै समिति सभापति सर्वसम्मत चयन भएका हुन् ।

सुदूरपश्चिम प्रदेशसभाका सचिव नरेन्द्रबहादुर पालकाअनुसार विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा कांग्रेसका दिवानसिंह विष्ट, सामाजिक विकास समितिको सभापतिमा नेकपा एकीकृत समाजवादी पार्टीका सांसद माया पन्त चयन भएका छन् ।

त्यसैगरी अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्तिका घनश्याम चौधरी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका सांसद वीरबहादुर थापा चयन भएको सचिव पालले जानकारी दिए ।

दलहरूबिच संसदीय समिति सभापति पदमा दलीय भागबन्डा गरिएको थियो । गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले भने कुनै सभापति नपाएपछि अर्को समिति थप गर्ने तयारी रहेको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति:January 10, 2024