बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई ८ वर्ष कैद

  Sampatti News Online

January 10, 2024

काठमाडाैं । बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई ८ वर्ष कैद सुनाइएको छ ।काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद र ३ लाख जरिवाना सुनाइएको छ ।

जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बुधबार (आज) उक्त सजाय सुनाएको हो ।सन्दीपबाट थप २ लाख रुपैयाँ क्षतिपूर्ति समेत गरी कुल ५ लाख रुपैयाँ भराउने फैसला भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जनाएका छन् ।

परिवर्तित नाम गौशाला २६ लाई जबरजस्तीकरणी गरेको अभियोगमा सन्दीपलाई दोषी ठहर गरिएको हो । अब सन्दीपले कारागार चलान नभई उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् ।

प्रकाशित मिति:January 10, 2024